कांग्रेसमा आबद्ध कुनैपनि ब्यक्तिलाई पार्टिबाट बिचलित नहुन कांग्रेस नेता लेखकको आग्रह 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले कांग्रेसमा आबद्ध कुनैपनि ब्यक्तिलाई बिचलित नहुन आग्रह गर्नु भएको छ । कञ्चनपुरको बेलौरीमा भएको पार्टिका नेताकार्यकर्ता संगको भेटधाट कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । 
“कुनैपनि साथि बिचलित हुने, कमजोर मन बनाउने, आत्तिने, तसिर्ने, भाग्ने काम छैन।”उहाँले भन्नुभयो, “अहिले कतिपय कुरा सुनिने गरेको छ, फलानो पार्टि आईहाल्यो, फलानो मान्छे आईहाल्यो यि कांग्रेस एमाले माओबादि भनेका यस्तै हुन ,अब त गर्ने भनेका यिनै हुन भन्ने खालका कुरा म सुन्छु ,तर म के आग्रह गर्न चाहान्छु भने कांग्रेस पार्टि भनेको यो देशमा ठुला ठुला राजनितिक उथलपुथल भएपनि ति राजनितिक उथलपुथल लाई समेत संबोधन गरेर सबै ब्यबस्थामा  नेतृत्व गरेर हिडेको पार्टि हो ।”
कांग्रेस प्रमुख सचेतक लेखकले हिजोको संबैधानिक राजतन्त्र देखि गणतन्त्रमा सम्म आईपुग्दा हरेक समयको नेतृत्व गरेर देशमा परिबर्तन र स्थायित्व ल्याउने पार्टि कांग्रेस भएको बताउनु भएको छ । 
“अहिले भरखर च्याउ जस्ता जन्मिएका ,उम्रिएका, उब्जीएका, पार्टिहरु संग  अब कांग्रेस सिद्धिन्छ भन्ने ढंगले तपाईहरुले हेर्न थाल्नु भयो भने त्यसको अर्थ तपाईले कांग्रेस बुझ्नु भएन भन्ने हुन्छ ।” उहाँले भन्नुभयो, “त्यसकारण कांग्रेस कांग्रस नै हो, अरु पार्टि आउन्छन जान्छन, अहिले बर्खामा त सबै खोला नदि जस्ता देखिन्छन तर कार्तिकका महिना त्यस्तो स्थिति हुदैन,त्यस कारण बर्खामा आउने भेल सबै महाकालि होईन सबै भेला कणर्ालि गण्डकि र कोसि होईन्, तर कांग्रेस महाकालि, कणर्ालि, कोसि, नारायणि र गण्डकि जस्तो नदि हो । साथिहरुलाई त्यसरि बुझ्न आग्रह गर्दछु ।”
नेपाली कांग्रेस नेता लेखकले पार्टिका बिषयमा चिन्ता र चासो रहेको उल्लेख गर्नु भएको छ । पार्टि प्रति अबिचलित भएर लाग्न समेत उहाँले कांग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 
ब्यक्तिगत चित्त दुखाईलाई कांग्रेस प्रतिको चित्त दुखाई नबनाउन समेत नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नु भएको छ । समय अनुसार सबैको सम्मान हुनेको ढुक्क हुन समेत उहाँले उल्लेख गनु भयो ।
नेपाली कांग्रेस सबै भन्दा बढि आफुलाई समय सापेक्ष रुपान्तरण गर्न सक्ने पार्टि भएको उहाँले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि

नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने 

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि

कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु