नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने 

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रथम क्षेत्रीय सम्मेलनको आयोजना गरीएको क्षेत्रीय सभापती केशब चन्दले बताउनु भएको हो । 
क्षेत्रीय सम्मेलन भिमदत्तनगरपालिका बडा नम्बर ३ मा  रहेको ममताज पार्टि प्यालेसको हलमा यहि भाद्र २७ गते बिहान ११ बजे देखि सुरु हुने उहाँले जानकारी दिनु भएको छ ।  
सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, सुचार सञ्चार तथा प्रचार बिभाग प्रमुख मीन बहादुर बिश्वकर्मालाई आमन्त्रण गरीएको उहाँले बताउनु भएको छ । 
कञ्चनपुरको निर्बाचन क्षेत्र नम्बर ३ बाट निर्बाचित नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखक र नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञ राज जोशि सम्मेलनमा बिशिष्ठ अतिथि रहेको उहाँले जानकारी दिनु भएको छ । 
सम्मेलनलाई पार्टिका अन्य नेताहरुले समेत संबोधन गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।
सम्मेलनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र पारिएको नेपाली कांग्रेस प्रतिनिधि सभा कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिब उमेश जोशिले जानकारी दिनु भयो । 
अहिले नेपाली कांग्रेसका नेता, पार्टि,भातृ तथा शुभेच्छुक संघ संस्थाका ब्यक्तिहरुलाई आमन्त्रण गर्ने, आर्थिक तथा सांगठनिक प्रतिवेदनहरु तयार गर्ने र सम्मेलनको तयारी तथा प्रचारप्रसारको काम चलिरहेको उहाँले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि

कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु

कांग्रेस भिमदत्तनगरको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न

नेपाली कांग्रेस भिमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । शनिबार आज कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको नेपाली