कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

“व्यवसाय दर्ता अभियान” मा उत्साहका साथ सहभागि हुन नगर प्रमुखको आग्रह

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ दोधाराचाँदनी नगरपालिकाको आयोजनामा आज मंगलबार देखि “व्यवसाय दर्ता अभियान २०८०” सुरु गरिएको हो । स्थानिय व्यावसायिहरु लगायत सरोकारबाला पक्षहरुकोे सहभागीतामा  दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ बाबाथान बजारबाट अभियानको शुभारम्भ भएको छ ।

 


“व्यवसाय दर्ता अभियान २०८०” को शुभारम्भ अभियान अन्तर्गत आज दोधाराचाँदनी नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर क्षेत्रीको अध्यक्षता र नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रमका बिशिस्ट अतिथि दोधाराचाँदनी नगरपालिकाका नगर उप प्रमुख गंगा जोशी र वडा नम्बर ९ का वडा अध्यक्ष गोपिलाल कडेल रहेका थिए । कार्यक्रममा व्यबसायिहरु लाई व्यवसाय दर्ता गर्ने , नवीकरण गर्ने र असल व्यवसायीको परिचय दिनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।


दोधाराचाँदनी नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तर नगरपालिकामा व्यवसाय दर्ता नभएका सम्पूणर् उद्योग, व्यापार, व्यवसायहरूलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याउने र उद्यमी व्यवसायीहरूलाई समग्र नगरपालिकाको विकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको नगर उपप्रमुख गंगा जोशिले बताउनु भएको छ ।
नगरपालिकाले आफ्नो नगर क्षेत्रको विकास गर्न र नगरबासीलाई सेवा सुविधा प्रदान गर्न ठूलो वित्तीय स्रोतको आवश्यकता पर्ने गरेको उहाँले बताउनु भएको छ । नगरपालिकाको आन्तरिक आयको एक प्रमुख र दिगो स्रोतको रूपमा व्यवसाय कर रहेकोले “व्यवसाय दर्ता अभियान २०८०” सञ्चालन गरीएको नगरप्रमुख किसोर कुमार लिम्बुले बताउनु भएको छ  ।
कञ्चनपुर जिल्ला सदरमुकामसँगको निकटता, तिब्र सहरीकरण, नयाँ बस्ती विकास र विस्तार जस्ता कारणले दोधारा चादनीमा नगरपालिकामा पछिल्लो समय जनसङ्ख्या वृद्धि, उद्योग, व्यापार, व्यवसायको विकास र विस्तार तिब्र भएको भएपनि जुन अनुपातमा व्यापार व्यवसायको विस्तार भएको छ, त्यहि अनुपातमा नगरपालिकामा नयाँ व्यवसाय दर्ता हुन नसकेकोले दर्ता नभएका व्यवसायहरुलाई दर्ता गराई करको दायरामा ल्याउने उद्देश्यले दर्ता अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनु भएको छ । ब्यबसाय दर्ता अभियानमा नगरपालिकाका सम्पूणर् जनप्रतिनिधि, कर्मचारी, उद्यमी व्यवसायी र सर्वसाधारणको साथ, सहयोग र सक्रिय सहभागीताको अपेक्षा गरिएको नगर प्रमुख लिम्बुले बताउनु भएको छ ।


दोधराँचादनि नगरपालिकाको आर्थिक ऐन, २०८० ले पहिले देखि सञ्चालनमा रहेका दर्ता हुन बाँकी व्यवसायहरूलाई लक्षित गरी नयाँ दर्ता हुने व्यवसायलाई लक्षित गरी यो कार्यक्रम संचालनमा ल्याएको उहाँले उल्लेख गनुभयो । व्यवसाय दर्ता अभियानको क्रममा दर्ता टोली व्यवसायीको घरदैलोमै पुगी शिघ्र र सहज तरिकाले व्यवसाय दर्ता गर्ने व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनु भयो । 
दर्ताको लागि आवश्यक फाराम भर्न, विभिन्न कागजातहरू तयार गर्न समेत टोलीले सहयोग गर्ने र आफ्नो सम्बन्धित वडा कार्यालयमा गएर सजिलै छोटो समयावधिमा व्यवसाय दर्ता गर्न सकिने व्यवस्था समेत रहेको उहाँले बताउनु भएको छ । उद्यमी व्यवसायीहरूले नगरपालिकाक्षेत्र भित्रको स्रोतसाधन र भौतिक पूर्वाधारको उपयोग गरी आय आर्जन गरे बापत नगरपालिकाको विकास र समृद्धिको लागि पनि केहिं योगदान वा सहयोग गर्नुपर्नेमा नगर प्रमुख लिम्बुले जोड दिनु भएको छ । 
नगरको बिकासको लागि आफ्नो योगदान व्यवसायीले करको माध्यमबाट गर्ने उहाँलेउल्लेख गर्नु भएको छ । करबाट प्राप्त आय नगरपालिकाले पुनः सेवा सुविधाको रुपमा र पूर्वाधार विकासको माध्यमबाट आम सेवाग्राही नागरिक र उद्यमी लाई फिर्ता गर्ने समेत उहाँको भनाई छ । 
आफूले तिरको कर आफ्नै र समग्र नगरको विकास र नागरिकको हित अभिवृद्धिको लागि हो भन्ने बुझेर नगर क्षेत्रभित्र आफूले व्यवसाय गरेपछि कानून बमोजिम व्यवसाय दर्ता गर्नु र तोकिएको कर तिर्नु जिम्मेवार, असल र सभ्य नागरिकको कर्तव्य रहेको नगर प्रमुख लिम्बुले बताउनुभयो । 
दर्ता भएको व्यवसायले कानुनी मान्यता र संरक्षण प्राप्त गर्ने तथा  कानुनी रूपमा व्यवसायको स्वामित्व र हक व्यवसायीमा स्थापित गर्नुका साथै व्यवसायीको आयस्रोत प्रमाणित गर्ने आधार प्रदान गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले बताउनु भयो । 
नगरपालिकाले उद्यमीको शीप र दक्षता अभिबृद्धि गर्न वडागत रूपमा मागमा आधारित शीप विकास तालिमहरू समेत सञ्चालन गर्दै आएको र यसप्रकार व्यवसाय करको माध्यमबाट नगरको हित प्रवद्र्धन समेत गर्दै नगरपालिकालाई उपत्यककाकै एक प्रमुख व्यावसायिक क्षेत्रको रूपमा विकास गर्ने नगरपालिकाको उद्देश्यलाई सार्थक बनाउनको लागि सबै उद्यमी व्यवसायीहरूले नगरपालिकामा व्यवसाय दर्ता गरी आवश्यक साथ र सहयोगप्रदान गर्नुहुन समेत उहाँले आग्रह गर्नु भएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवसाय करलाई स्थानीय तहको एकल अधिकार सूचीमा समावेश गरेको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ ले गाउँपालिका र नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित व्यापार, व्यवसाय तथा सेवामा व्यवसाय कर लगाउने अधिकार प्रदान गरेको उहाँले जानकारी दिनुभयो । 
संवैधानिक प्रावधान र कानुनी व्यवस्था बमोजिम यस दोधारा चांदनी नगरपालिकाबाट प्रत्येक आर्थिक बर्षको लागि नगरसभाले पारित गरेको आर्थिक ऐनमा उल्लेखित व्यवसाय शिर्षक, श्रेणी र करको दर बमोजिम व्यवसाय दर्ता गराई व्यवसाय कर लगाउने र उठाउने कार्य भइरहेको प्रमुख प्रशासकिय अधिकृत मिश्रले जानकारी दिनु भएको छ । 
संविधान र कानुन बमोजिम स्थानीय तहमा दर्ता नगरी वा अनुमति नलिई कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाईंने, व्यवसाय सञ्चालनका क्रममा आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, वाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालय लगायतका अन्य निकायहरूबाट अनुमति लिन, व्यवसाय स्थापना, सञ्चालन, नामसारी, ठाउँसारी र बन्द गर्न आवश्यक पर्ने विभिन्न सिफारिसहरू प्रदान गर्ने, व्यवसाय सम्बद्ध विभिन्न कागजात प्रमाणित गर्ने जस्ता सेवाहरू यस नगरपालिका र वडा कार्यालयबाट प्रदान गर्दै आएको तथा  यस्ता सेवा सुविधा प्राप्त गर्न समेत नगरपालिकामा अनिवार्य रूपमा व्यवसाय दर्ता भएको हुनुपर्ने उहाँले बताउनु भएको छ ।
व्यवसाय सञ्चालनको क्रममा कुनै दुर्घटना वा भवितब्य भई विमा दावि गर्नु पर्दा, बैंक तथा वित्तिय संस्थाहरूमा कर्जा सुविधा लिनु पर्दा साथै नेपाल सरकार र प्रदेश सरकारद्धारा विभिन्न समयमा उद्यमी व्यवसायीहरूलाई प्रदान गर्ने सहुलियत, सुविधा र अनुदान प्राप्त गर्न समेत नगरपालिकाको सिफारिस र प्रमाणित कागजात आवश्यक पर्ने र सो को लागि अनिवार्य रूपमा यस नगरपालिकामा व्यवसाय दर्ता भएको हुनुपर्ने उहाँले उल्लेख गर्नु भयो । 
व्यवसाय दर्ता नहुँदा यस्ता सबै सेवा सुविधाहरूबाट बञ्चित हुनुपर्ने तथा समयमैं व्यवसाय दर्ता गर्दा अनावश्यक जरिवाना र अतिरिक्त दस्तुर तिर्न नपर्ने समेत उहाँले जानकारी दिनु भएको छ।

 

प्रतिकृया दिनुहोस

सेभ द चिल्ड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी

कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो कञ्चनपुर सम्मेलन २०८० सम्पन्न 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो कञ्चनपुर सम्मेलन २०८० सम्पन्न भएको छ । शुक्रबार दोधारा चाँदनी नगरपालिकाको आयोजना नेपाल राष्ट्रिय समाज