शहीद दशरथचन्दको जन्मघरबाट बैतडीमा ‘समुदायमा कांग्रेस’अभियानको थालनी

शहीद दिवसको अवसरमा पारेर बैतडीमा ‘समुदायमा कांग्रेस’अभियान शुरु गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि अभियानको शुरुवात गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनु भएको छ । 
नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा बैठक बसेर शहीद दशरथचन्दको जन्मघरबाट अभियान थालनी गरिएको उहाँले बताउनुभयो । शहीद दिवस भएकाले शहीद दशरथ चन्दको शालिकामा माल्यार्पण गरेर अभियान शुरुवात गरिएको सचिव जोशीले बताउनु भएको छ । 
नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि हरिप्रसाद बोहरा प्रमुख अतिथी रहनु भएको थियो  । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीका साथै सदस्यहरु, पार्टीका महाधिवेशन प्रतिनिधि, भातृ संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो । 
जिल्लाका ८४ ओटै वडामा अभियान सञ्चालन गरिने र सदरमुकामबाट यसको शुरुवात गरिएको नेपाली कांग्रेसका नेता तथा अभियानका बैतडी प्रतिनिधि हरी प्रसाद बोहराले बताउनु भएको छ ।
जनताका अपेक्षा, गुनासो र सुझाव संकलन गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणका कामको अवस्थामा बारेमा अभियानका दौरान जानकारी लिइने उहाले बताउनु भएको छ । 
केन्द्रीय प्रतिनिधिको सहित जिल्लाको टोलीले १० ओटै स्थानीय तहमा पुगेर अभियान अन्तर्गत कार्यक्रम गर्ने नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टको  भनाई छ । यसका साथै जिल्लाले खटाएका प्रतिनिधिहरुले वडास्तरमा कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।
अभियानका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पनि दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा तेजबहादुर चन्द र कमला चन्दलाई प्रतिनिधि खटाएको प्रदेश कार्यसमितिले प्रदेश सभा क्षेत्र (ख) मा टेकराज जोशीलाई प्रतिनिधि खटाएको छ । 
अभियानमार्फत कार्यकर्तामा जनजागरण ल्याउने र संगठन विस्तार गर्ने कांग्रेसको योजना रहेको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

अछाममा विश्व कुष्ठरोग दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया

अछाममा सचेतनामूलक अन्तर्क्रिया गरि ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ मनाइएको छ। स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका, एनएलआर नेपाल र नेपाल

सेभ द चिड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज