सेभ द चिल्ड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै
शुक्लाफाँटा -१० का गरिब बिपन्नलाई मन्त्रि सावदद्धारा न्यानो कम्बल
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज आईतबार सेभ द चिल्ड्रेनको सहयोग, नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लूए कञ्चनपुरको साझेदारी तथा शुक्लाफाँटा नगरपालिकाकोे समुन्वयमा शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० का गरिब, बिपन्न, अपाङ्गता भएका ब्यक्ति, गर्भवती महिला, दिर्घरोगि, बृद्धाबृद्धाहरुलाई परराष्ट्र मन्त्रि एनपि सावदले न्यानो कम्बल हस्तान्तरण गर्नु भएको हो ।
बडा कार्यालय तथा नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार कञ्चनपुरका शुक्लाफा“टा नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका प्रति पालिकाका ५ /५ सय जना सर्बसाधारणलाई न्यानो कम्बल बितरण गर्न लागिएको छ । आज बाट सुरु गरीएको कम्बल बितरण कार्यक्रममा तिन बटै पालिकाका १हजार ५ सय गरिव र बिपन्न परिवारका लागि २ ब्ल्याङकेट प्रतिपरिवारका दरले १ हजार ५ सय कम्बल बितरण गरिने भएको छ ।
कार्यक्रममा शुक्लाफा“टा नगरपालिकाका नगरप्रमुख रण बहादुर महरा, उपप्रमुख कमला पन्त, सेभ द चिल्ड्रेनका सुदुरमध्यपश्चिमका कार्यक्रम संयोजक तथा क्षेत्रिय निर्देशक रत्न राज ओझा, नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लूए कञ्चनपुरका कार्यकारी निर्देशक अशोक विक्रम जैरु, एनएनएसडब्लूए कञ्चनपुरका कार्यक्रम संयोजक राज कुमार सुनार लगायत अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लूए कञ्चनपुरले बिगत ३१ बर्ष देखि समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड ॥
महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ।
महेन्द्रनगरमा ‘एनसेल सेन्टर (फोफो)’ पुनः सञ्चालनमा, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा प्रदान गरिदै ।
महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, मदनचोकमा एनसेल आजियाटा लिमिटेडको ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ


..jpeg)
प्रतिकृया दिनुहोस