अछाममा विश्व कुष्ठरोग दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया

अछाममा सचेतनामूलक अन्तर्क्रिया गरि७१ औँ विश्व कुष्ठरोग दिवसमनाइएको छ। स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका, एनएलआर नेपाल नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को संयुक्त आयोजनामाकुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँभन्ने मूल नाराका साथ जिल्लास्थित पत्रकारहरूसँग सचेतनामूलक अन्तर्क्रिया गरि दिवस मनाइएको हो।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले अछाम जिल्लाका सबै स्थानीय तहहरूमा अझै पनि कुष्ठरोगका नयाँ बिरामीहरू पत्ता लागिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, "संख्यात्मक रूपमा धेरै बिरामी पत्ता लाग्नु ठूलो कुरा होईन, रोगको सुरूवाती चरणमै बिरामी पत्ता लगाउनु भने ठूलो कुरा हो।" उहाँले सुरूवाती चरणमै रोग पत्ता लागेर उपचारको पहुँचमा आए एकातिर बिरामीको अपाङ्गता हुने जोखिम कम हुने , अर्कोतिर रोग सर्ने दर पनि घट्ने बताउनुभयो। उहाँले एनएलआर नेपाल नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा अछामका १० वटै पालिकाहरूमा कुष्ठरोग रोकथाम घरदैलौ अभियान सुरू भएको जानकारी दिनुभयो।

स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरिक्षक दिपेन्द्र जोशीले कुष्ठरोग प्रतिको विभेद नै रोग निवारणको प्रमुख चुनौती भएको बताउनुभयो। उहाँले भन्नुभयो, "कुष्ठरोगको कारणले मानिसको मृत्यु हुँदैन, तर यसबाट हुने भेदभावले मानिस दैनिक रूपमा मरिरहेको हुन्छ।" उहाँले कुष्ठरोग प्रतिको भेदभावले बिरामी उपचारको पहुँचमा समयमै नआउने, रोग लुकाएर बस्ने अपाङ्गता हुने गरेको बताउनुभयो। नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएका कुष्ठरोग सुरपभाईजर मानबहादुर महराले समुदायमा कुष्ठरोग प्रति गलत अवधारणा भेदभाव ठूलो समस्याका रूपमा रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, "मैले फिल्डमा जाँदा, बिरामीहरूसँग कुरा गर्दा, उनिहरूले भोगेको भेदभाव सुनेको छु महशुस गरेको छु, यो नै कुष्ठरोग निवारणका लागि मुख्य चुनौती हो।" उहाँले भेदभावको अन्त्य नभएसम्म कुष्ठरोग निवारण नहुने बताउँदै कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य उनिहरू प्रति मर्यादित व्यवहारका लागि आफ्नो कलम चलाएर योगदान गर्न पत्रकारहरू माझ आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै पत्रकार मेनुका ढुङ्गानाले स्वास्थ्यका अन्य मुद्दाहरूको उठान गरिए पनि कुष्ठरोगका मुद्दाहरूको उठान गर्नमा भने अलिकति चुकेको बताउनुभयो। उहाँले ' कुष्ठरोगको बिरामी हुँ', 'कुष्ठरोगको औषधी सेवन गरिरहेको छु' वा ' कुष्ठरोगको औषधी सेवन गरेरर निको भए', भन्ने खालका पात्रहरू पनि तयार पार्नुपर्ने बताउनुभयो। उहाँले आगामी दिनहरूमा भेदभाव अन्त्यका लागि कलम चलाइने बताउनुभयो।

अहिले अछाम जिल्लामा कुष्ठरोग रोकथाम घरदैलौ अभियान चलिरहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय अछामको आयोजना तथा एनएलआर नेपाल नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा अछामका १० वटै पालिकाहरूमा कुष्ठरोग रोकथाम घरदैलौ अभियान सुरू भएको हो। अभियान अन्तर्गत ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कम्तीमा जना मूल बिरामीहरूलाई समेट्ने गरि कम्तीमा सय मिटरको सेरोफेरोमा रहेका समूदायका व्यक्तिहरूलाई चेकजाँच गरेर औषधी खुवाउने गरिएको छ। कार्यक्रमअन्तर्गत मुल बिरामीको गोपनियता कायम राखेर, बिरामीको परिवार, छिमेकी समूदायका सम्पर्क व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ। एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे) लाई निष्कृय पार्दछ रोग लाग्नबाट बचाउँदछ।

 

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

सेभ द चिड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी