कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । 
शनिबार आज नेपाली कांग्रेस भिमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलनलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । बिगतमा नेपाली कांग्रेस पराजित हुदा बिकास र समृद्धि समेत पराजित भएको उहाँले बताउनु भएको छ ।
बिगतका हरेक परिबर्तन नेपाली कांग्रेसको नेतृत्वमा संम्भब भएको बताउनु भएको छ । शान्ति प्रकृया, संबिधान लेखन र संबिधानको सफल कार्यान्वयन नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भब भएको उहाँले उल्लेख गर्नुभयो । 
देशमा नेपाली कांग्रेस त्यो पार्टी हो जो ब्यबस्था परिबर्तन हुदाँ पनि पहिलो पार्टिको रुपमा उभिएको पहिलो पार्टी हो , उहाँले भन्नुभयो,“ संसारमा त्यस्ता उदाहरण बिरलै देखिन्छन ।”
नेपाली कांग्रेसको नेतृत्वमा सासकिय पद्धतिमा आमुल परिबर्तन गरेको उहाँले बतउनु भएको छ । नेपाली कांग्रेसले हरेक समय र परिस्थितिमा बिजय हासिल गरेर कालजयि पार्टि भएको समेत उहाँको दाबि छ । 
बरिखाको भेलले सबै खोला र नाला महाकाली नदी हुन नसक्ने समेत कांग्रेस नेता लेखकको दाबि छ । पार्टिमा आबद्ध नेता कार्यकर्तालाई सानो मन नबनाउन समेत उहाँले आग्रह गर्नु भएको छ । अहिले कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर ३ मा अगाडि बढेका ठुला योजनाहरु कञ्चनपुरको बिकास, भिमदत्त र दोधराचाँदनिको बिकासको मात्रै होईन, उहाँले भन्नुभयो, “सुदुरपश्चिम प्रदेश र देशकै बिकास र समृद्धिको लागि हो, यसको स्वामित्व नेपाली कांग्रेसलाई जान्छ ।”  
आर्थिक ,पर्यटन, उद्योगका ठुला गतिबिधि सञ्चालन बिना समृद्धि संम्भब नभएको उहाँले बताउनु भयो ।
कञ्चनपुरको समृद्धिका लागि त्रिदेशिय नाकाका रुपमा महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकालीमा चारलेनको पक्कीपुल निर्माण भईसकेपछि कञ्चनपुरको बिकास र समृद्धिको लागि कोसेढुङगा सबित हुने र तिन देशको आवतजावतको केन्द्र बिन्दु कञ्चनपुर बन्ने उहाँले बताउनु भयो । 
कञ्चनपुरमा एयरपोर्ट सञ्चालनमा देखिएका समस्याहरु सुल्झाएर काम अगाडि बढाईएको उहाँले बताउनु भएको छ । बिधुतका समस्या समाधान, निकुञ्जका समस्या समाधान,  महाकाली अस्पतालको सुधार लगायतका अन्य महत्वपुर्ण बिकासका कामहरु अगाडि बढाउने नेता लेखकले बताउनु भएको छ ।
उहाँले कञ्चनपुरको बिकास र समृद्धिको लागि आफुले राजनिति गरीरहेको उल्लेख गर्नुभयो । तिन तहका सरकारका बिचमा बिकास र समृद्धिका लागि समुन्वय हुनु आबश्यक रहेको उहाँले बताउनु भयो । 

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि

नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने 

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि

कांग्रेस भिमदत्तनगरको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न

नेपाली कांग्रेस भिमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । शनिबार आज कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको नेपाली