भारतले दुई हप्ता लम्ब्यायो लकडाउन, जेठ ४ सम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं, बैशाख १९ । भारतले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ अर्थात् जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिँदै लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट नदिइने प्रष्ट गरेको छ ।

तर ‘अरेन्ज’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाले भने केही छुट पाउने छन् । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा राखिएका छन् । नेपालको छिमेकी उत्तर प्रदेशको १९ जिल्ला पनि ‘रेड जोन’ मा छन् ।

२८४ ‘अरेन्ज जोन’मा परेका जिल्ला पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहन्छन्, तर, ती क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट दिइने जनाइएको छ ।

भारतमा ३५ हजारभन्दा बढीमा व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन् भने साढे ११ सयभन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिकृया दिनुहोस

बेलायतमा कोरोना कारण ईटालीमा भन्दा बढिको ज्यान गयो ।

काठमाडौं ।बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु

कोरोनाका कारण विश्वभर २ लाख ५९ हजारको मृत्यु,३७ लाख ५३ हजार ३ सय बढी संक्रमित

काठमाडौं, बैशाख २४ । कोरोना महामारीका कारण विश्वभर २ लाख ५९ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ । ३७ लाख ५३ हजार ३ सय बढी संक्रमित मध्ये १२ लाख ५६ हजार ५ सय ८०

कोरोनाका कारण विश्वभर २ लाख ३३ हजार बढीको ज्यान गयो, भारतमा मृत्यु हुनेको संख्या ११ सय पुग्यो ।।

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । विश्वभर ३३ लाख ३० हजार बढी कोरोना संक्रमित