कोरोनाका कारण विश्वभर २ लाख ५९ हजारको मृत्यु,३७ लाख ५३ हजार ३ सय बढी संक्रमित

काठमाडौं, बैशाख २४ । कोरोना महामारीका कारण विश्वभर २ लाख ५९ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ ।

३७ लाख ५३ हजार ३ सय बढी संक्रमित मध्ये १२ लाख ५६ हजार ५ सय ८० बढी उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७२ हजार २ सय ८५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ३८ हजार पुगेको छ ।

इटालीमा २ लाख १३ हजार बढी संक्रमितमध्ये २९ हजार ३ सय १५ जनाकोे मृत्यु भएको छ । स्पेनमा २ लाख ५३ हजार ६ सय ८२ कोेरोना संक्रमित मध्ये २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ९४ हजार ८ सय नाघ्दा २९ हजार ४ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ७० हजार ५ सय नाघेको छ । जसमध्ये २५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ६७ हजार संक्रमितमध्ये ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ ।

४९ हजार ४ सय ३६ जनामा संक्रमण देखिएको छ भने १ हजार ६ सय ९५ जनाको मत्यु भएको छ । पाकिस्तानमा २२ हजार ५ सय ५० जनाको संक्रमित हुँदा ५ सय २६को मृत्यु भएको छ । (एजेन्सी) 

प्रतिकृया दिनुहोस

बेलायतमा कोरोना कारण ईटालीमा भन्दा बढिको ज्यान गयो ।

काठमाडौं ।बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु

भारतले दुई हप्ता लम्ब्यायो लकडाउन, जेठ ४ सम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं, बैशाख १९ । भारतले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ अर्थात् जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार

कोरोनाका कारण विश्वभर २ लाख ३३ हजार बढीको ज्यान गयो, भारतमा मृत्यु हुनेको संख्या ११ सय पुग्यो ।।

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । विश्वभर ३३ लाख ३० हजार बढी कोरोना संक्रमित