बेलायतमा कोरोना कारण ईटालीमा भन्दा बढिको ज्यान गयो ।

काठमाडौं ।बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको हो ।

इटालीमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३१५ छ । संक्रमितमा भने इटालीमा २ लाख १३ हजार नाघ्दा बेलायतमा १ लाख ९५ हजार पुगेको छ ।

कोरोना भाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्दै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले यसलाई ठूलो विपदको संज्ञा दिए । ब्रिटेनमा मृतकको संख्या इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको जनाइएको छ ।

संसारमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३ सय नाघेको छ भने संक्रमित ३७ लाख २८ हजार कटेको छ । १२ लाख ४२ हजार मानिस भने उपचारपछि घर फर्किएका छन् ।

सबैभन्दा बढी मानिसको मृत्यु भने अमेरिकामा ७२ हजार २ सय नाघेको छ । १२ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

कोरोनाका कारण विश्वभर २ लाख ५९ हजारको मृत्यु,३७ लाख ५३ हजार ३ सय बढी संक्रमित

काठमाडौं, बैशाख २४ । कोरोना महामारीका कारण विश्वभर २ लाख ५९ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ । ३७ लाख ५३ हजार ३ सय बढी संक्रमित मध्ये १२ लाख ५६ हजार ५ सय ८०

भारतले दुई हप्ता लम्ब्यायो लकडाउन, जेठ ४ सम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं, बैशाख १९ । भारतले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ अर्थात् जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार

कोरोनाका कारण विश्वभर २ लाख ३३ हजार बढीको ज्यान गयो, भारतमा मृत्यु हुनेको संख्या ११ सय पुग्यो ।।

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । विश्वभर ३३ लाख ३० हजार बढी कोरोना संक्रमित