कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए) का अनुसार मृत्यु हुने को संख्या २८ पुगेको हो । बेलायतमा मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १ मा एक जनाको मृत्यु भएको हो ।
एनआरएनएको सचिवालयका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सक सम्मिलित समूहले तयार पारेको तथ्यांकमा २१ देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा ७ सय रहेका छन् । यसैगरी युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२,  साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकङ १ रहेको एनआरएनएले जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १०  हजारभन्दा बढी कोरोना पीडितका लागि संघले राहत वितरण गरेको जनाएको प्रेस संयोजक चिरन शर्माले बताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको मृत्यु 

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भारतको बैङलोरमा मजदुरी गर्दै आएका दार्चुलाको महाकाली

गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर

तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

१७ भदौ, काठमाडौं ।  मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा