तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

१७ भदौ, काठमाडौं ।  मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली पोह मेङ मारिएका हुन् । उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो । १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

‘सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी अधिकृत मोहम्मद जानी चे दिनले सञ्चारमाध्यमलाई भनेका छन् ।

घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने उनले खुलाएनन् ।

प्रतिकृया दिनुहोस

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको मृत्यु 

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भारतको बैङलोरमा मजदुरी गर्दै आएका दार्चुलाको महाकाली

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए)

गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर