कुराकानि :– डडेल्धुराको भागेश्वर गाउँपालिकाको बिकास निर्माणका लागि चुनौति समस्या छन, मानिसहरु पारिवारीक हुनुहुन्छ रमाईलो पनि लाग्छ, समाजको सेवा गर्न पाउदा खुसि छु : अध्यक्ष भट्ट ।।

डडेल्धुराको भागेश्वर गाउँपालिकाको बिकास निर्माण, चुनौति समस्या लगायतका बिषयमा गाउँपालिकाका अध्यक्ष कौसिला भट्ट संग गरीएको कुराकानि ।


भागेश्वर गाउँपालिका सुदुरपश्चिम प्रदेसको डडेल्धुरा जिल्लाको पश्चिममा रहेको बिकट गाउँपालिका हो । विकास दृष्ट्रिकोणले पछाडी परेको भागेश्वर गाउँपालिका स्थानीय सरकार आएपछि विकास निर्माण कार्यले गति लिन थालेको छ । 
५ वटा वडा रहेको  भागेश्वर गाउँपालिकामा शिक्षा स्वास्थ्य, खानेपानि,सडक,बिधुत लगायत भौतिक पुर्वाधारको अभाव देखिन्छ । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिले बागडोर सम्हालेको पनि अढाई वर्ष पुरा भईसकेको छ । 
भागेश्वर गाउँपालिकाले गाउँपालिकाले  बिकास निर्माण र गौरवका विभिन्न योजनालाई अगाडी बढाएको छ भने अन्य विकास निर्माण कार्यमा जनअपेक्षलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।
पछिल्लो अढाई दुई वर्षमा स्थानीय तहले गरेको उपलब्धी, विकास निर्माण तथा भावि कार्य योजना, समस्या र चुनौति लगायतका विषयमा केन्द्रीत रहेर भागेश्वर गाउँपालिकाका अध्यक्ष कौसिला भट्ट गरीएको कुराकानीको सम्पादीत अंश ः
– अहिले भागेश्वर गाउँपालिको बर्तमान अबस्था के छ ? यहाँहरुले भागेश्वर गाउँपालिकामा कसरी कार्य सम्पादन गरीनु भएको छ ?
अहिले भागेश्वर गाउँपालिका पहाडि जिल्लाको एकदर्मै दुर्गम ईलाका रहेका कारण थुप्रै समस्या रहेका छन । बिगतको भन्दा केहि समस्या संबोधन गरेका छन तर पनि मुख्य समस्या बिकासका पुर्बाधारहरु जनता सम्म पुग्न सकेको छैन । अझै सबै गाउँ सडक संञ्जाल संग जोडिन सकेका छैनन् । ६० प्रतिसत जनता बिधुतको पहुँच भन्दा बाहिर छन् । क्वालिटि एजुकेसन दिन सकिराखेका छैनौ । गाउँपालिका संग आफ्नै बिल्डिङ नहुँदा कार्य सम्पादनमा समस्या भईरहेको छ । एग्रिकल्चरको क्षेत्रमा सोचे अनुरुप प्रगति गर्न सकीराखेका छैनौ । यि र यस्तै थुप्रै समस्याहरु भएपनि जनताकोे मागलाई संबोधन गर्दै बिकास निर्माणका कामहरु  अगाडि बढाई रहेका छौ ।जनताका ईच्छा आकांक्षाहरु पुरै पुरा नभएपनि केहि प्रतिसत पुरा भएका छन ।
– भागेश्वर गाउँपालिकामा निर्बाचित भएर यहाँहरु आउनु भन्दा पहिलेको अबस्था के थियो अहिले के परिबर्तन भएको छ ?
बिकास र परिबर्तन संग संगै मानबिय आबश्यकताहरु पनि दिनप्रतिदिन बढ्दै जान्छन । बिगतको भन्दा धेरै बिकास र परिबर्तन भएको छ । आजको दिन सम्म कुरा गर्दै गर्दा धेरै गाउँहरुमा सडक पुगेको छ , शिक्षा,स्वास्थ्य, कृर्षि जनचेतनामा सुधार भएको  छ । भागेश्वर गाउँपालिकाका रुपालको बडा नम्बर १ मा रहेको भारत संगको सिमानाका नजिक रहेको गैरबगडमा रोड पुगेको छ ,लामिकाण्डेँ, पत्रम,तोलि बलडा, लगायतका क्षेत्र आज सडक सञ्जाल संग जोडिएका छन । भागेश्वर गाउँपालिकाको पश्चिम दक्षिणि क्षेत्र बलकाण्डे लेकुडा हुदै डडेल्धुराको परसुराम नगरपालिका संग सडक जोड्नु पर्छ भन्र्दै सडक सञ्जालको बिस्तारको कामलाई अगाडि बढाएका छौ , सडक निर्माण भईरहेको छ । जसमा यस आर्थिक बर्षमा २० लाख बजेट समेत बिनियोजन भएको छ ।   त्यस्तै,उज्यालो भागेश्वर कार्यक्रम अन्तर्गत १ करोड ८ लाख बजेट छुट्याएका छौ यसबाट बिधुतको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेका छौ । हामिले जहिले पनि  जनताका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेका छौ । जनता संगको छलफलमा नै हामिले गाउँपालिकाको बिकासका लागि योजना बनाएका छौ ।  

– अध्यक्ष ज्यू यहाँहरुले भागेश्वर गाउँपालिकामा दैनिक कामकारबाहि अगाडि गर्दैगर्दा कार्यसम्पादन गर्दै गर्दा अहिले प्रमुख समस्या के के रहेका छन ?
काम गर्ने बेलामा प्रत्येक क्षेत्रमा चुनौति हुन्छ समस्याहरु आउन्छन काम गर्दा गर्दा चुनौति र समस्या आउनु स्वभाभिक पनि हो । म र हामिहरुकोृ माझमा पनि थुप्रै समस्याहरु छन । सबै भन्दा ठुलो कुरा सन्तुष्टि , सहि कामको प्रसंसा अर्थात सहि काममा सहयोग भएन, जति ठुला कुरा गरेपनि मानीसले कहि न कहि सहयोगको आसा गर्दछ । धेरै जसो सर्बसाधारणले सहयोग पनि गरेका छन । कहिले काहि बिकास निर्माणका काममा आउने असहयोगले समस्या उत्पन्न गर्ने  गरेको छ । नकारात्मक सोच बोकेका मान्छेहरुका कारण समस्या हुने गरेको छ । सामुहिक समस्यालाई संबोधन गर्न आफुहरु गाउँपालिका निर्बाचित भएर आएको भएपनि ब्यक्तीगत बिकास चाहने ब्यक्तिहरुका कारण समस्या छ ।
अर्को कुरा गाउँपालिकाको सबै भन्दा ठुलो चुनौति गरीबि छ । गरीबिका कारण अधिकान्स युवाहरु बिदेसिएका छन । अहिले गाउँमा युवाहरु पाउनै गाह्रो छ ।  शिक्षाको लागि आधा घण्टा हिड्नु पर्ने बाध्यता आम सर्बसाधारणमा छ । देस तथा डडेल्धुराकै कतिपय गाउँपालिका वा नगरपालिकाले स्माट सिटिका कुराहरु गरीरहेका भएपनि तीनिहरुको हाम्रो गाउँपालिका संग प्रतिस्पर्धा हुनै सक्दैन किन भन्नु हुन्छ भने डडेल्धुराको सबै भन्दा पछाडि परेको र राज्यबाट पछाडि पारिएको क्षेत्रमा हामि छौ । भागेश्वर गाउँपालिकाको भौगोलिका बनाबट बाट नै थाहा हुन्छ कि बिकास निर्माणमा कतिको चुनौति छ भनेर । समृद्ध गाउँपालिका कसरी बनाउन सकिन्छ भनेर हामि लागि रहेका छौ ।
– तपाईहरु निर्बाचित भईसकेपछि जनताले के–के पाए ?  के–के परिवर्तन भयो ? भन्न सकिन्छ ?
अबश्य पनि आज हिजोको भन्दा जनताले पक्कै पनि केहि बिकासको अनुभुति गर्न पाएका छन । बिकास भएको छ । हिजोका दिनमा सामान्य बाटो रहेका गाउँहरु आजाज सडक सञ्जाल संग जोडिएका छन । हिजो सडक सञ्जाल पुगेका थिएनन् । कतिपय बिधालय स्कुलका बिधालयका छाना चुहिने अबस्थामा थिए शिक्षकलाई कक्षा कोठामा पढाउन र बिधाथिलाई बढ्न निकै समस्या भईरहेको थियो त्यस्ता भबनको मर्मत सम्भार गरेका छौ । ३ बटा बिधालयमा ४ ÷४ कोठे भबन निर्माण गरेका छौ । अझै शैक्षिक क्षेत्रमा आबश्यक पुर्वाधारको बिकास गर्नुपर्छ भन्दै अगाडि बढिरहेका छौ अन्य बिधालयका भवनका समस्याहरु संबोधन गर्छाै । त्यसै गरी ४ बडा प्राबिमा २ ÷२ कोठे भबन निर्माणको प्रक्रियालाई अगाडि बढाउने योजनामा छौ ।
हाम्रो ठाउँमा कृर्षी क्षेत्रको बिकासका लागि हाते ट्याक्टर बितरण गरेका छौ । कृर्षिलाई आधुनिकिरण बनाउने लक्ष र उदेश्यका साथ काम गरीरहेका छौ । 
महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नो मोर होम डेलिभरि कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेका छौ । कुनै महिलाले सुत्केरी ब्यथाका कारण ज्यान गुमाउन नपरोस, समस्या नहोस भनेर उक्त समस्यालाई मध्य नजर गर्दै सुत्केरी भएका महिलाहरुलाई स्वास्थ्य संस्था सम्म पुर्याउदाको एम्बुलेन्सको भाडा तिरी दिने गरेका छौ । 
डडेल्धुराको भागेश्वर गाउँपालिका पहाडी क्षेत्र भएकाले जनचेतनाको कमिलाई हटाउनका लागि जनचेतनाका कार्यक्रम सम्पन्न गरेका छौ । अर्कोै कुरा  कोहि महिलाले नियमित गर्भ जाचँ गराए बाफल प्रतिपटक २० ओटा अण्ठा दिने कार्यक्रम सञ्चालन गरेका छौ । घरमा होमडेलिभररी नहोस भनेर कार्यक्रम नै सञ्चालन गरी १५ सय रुपैया बराबर,दाल चामल,धिउ ,पेन्टी, सेनेटरी प्याड, लगायतको कार्यक्रम ल्याएका छौ । पक्कै पनि  हिजोको दिनमा स्वास्थ्य संस्थामा ३२ बटा डे्िलभरी भएका थिए भनेर आज  ६५ बटा डेलिभरी भएका छन ।

– यहाँहरुको प्राथमिकतामा सडक बिस्तार परिरहँदा सडकहरुको स्तरोन्नति कहिले हुन्छ ? कहिले सम्म हुन्छ ?
हामिहरु सडकको स्तरोन्नति गरीरहेका छौ  । जनताको माग अनुसार सडकहरुको स्तरोन्नति पनि भईरहेका छ नभएको होईन ।  पहाडि क्षेत्र छ कहिले भासिने पहिरो जाने लगायतका थुप्रै समस्या छन । अर्को कुरा  अहिले काठमाण्डौमा  रहेको सिँहदरबार नै गाउँमा आएका कुरा सबैतिर हुने गरेको छ । तर त्यस्तो भने भएको छैन् । सर्बसाधारणले गाउपालिकाका संग धेरै एक्सपेक्ट गरेका छन ।  तर जनताले गरेको एक्सपेक्ट अनुसारको नअधिकार आएको छ न बिकास नै भएको छ ।  
मैले यो कुरा किन भनेको भने  भन्ने बेलामा के भनिन्छ भने आहो गाउँपालिकामा यति लाख रुपैया आयो । यति करोड रुपैयाँ आयो भनेर भनिन्छ तर अहिले ससर्त कार्यक्रमहरु धेरै छन तर निसर्त बजेट न्युन रहेको छ ।  अर्थात निसर्त भन्नाले बिकासे बजेट न्युन रहेको छ । जनताकोृ आकांक्षा र आसा को बजेट भनेको नै बिकासे बजेट हो । जब बिकास बजेट नै न्युन छ भने तपाई आफै भन्नुस त अब हामिले कसरी जनताले माग अनुसारका काम हरु गर्ने । हो अहिले एउटा समस्या भनेको बजेट पनि हो ।
– भनेपछि बिकास बजेटका कारण पनि यहाँहरुलाई समस्या भईरहेको छ ! 
हो अबश्य पनि । सहि नै बोल्नु पर्छ । झुटो बोलेर खालि ठुलाठुला गफ दिनु राम्रो होईन । हामि जनताका सेबक हौ । हामिले साँचो बोल्नु पर्छ । अहिले कायापलट भईहाल्यो भनिहाल्न सकिने अबस्था छैन् । बजेट न्युन छ जनताको आबश्यकता र माग  ठुलो छ । एउटा गाउँका सयौ माग छन । पुरा गर्न सकिएका अबस्था छैन जसकाकारण जनतामा एक प्रकारको निरासा छाएको छ । 
– अध्यक्ष ज्यु अहिले यहाँहरु भागेश्वर गाउँपालिकाका के–के कुरालाई प्राथमिकतामा राखेर काम गरीरहनु भएको छ ?
गाउँपालिकाको बिकास र प्रगति र परिबर्तनको जिम्मा हाम्रो काधमा छ । जनताको अभीभाबक र सेवक भएर काम गनुपर्ने हाम्रो धर्म र जिम्मेबारी पनि हो । हामिले प्रमुख रुपमा शिक्षा, स्वास्थ्य, कृर्षि,भेटनरि, बिधुतलाई प्राथमिकतामा राखेर काम गरीरहेका छौ । सहि शिक्षा बिना समुन्वत र समृद्ध समाजको परिकल्पना ग्र्न सकिदैन् त्यसै अनु्रुप शिक्षाको गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौ । हामि ले गाउँपालिकामा एउटा नयाँ कार्यक्रम अन्तर्गत एसईईमा १,२,३,४,५ स्थान हासिल गरेका बिधार्थिहरुको सैक्षिक प्रगति अथावा उच्च शिक्षा अध्ययनका लागि  भनेर १० लाख रुपैया छुट्याएका छौ , गाउँपालिकाका ३ बटा उच्च माध्यमिक बिधालयमा महिनाबारी भएका छात्राहरुलाई आई पर्ने समस्षलाई मध्यनजर गर्दै सिनेटरी प्याड सहितको एटियम जस्तो मेसिन भेन्डिम मेसिन राखेका छौ । 
सडक सञ्जाल अहिलेका सर्बसाधारणको माग छ । तर पनि गाउँपालिकाको बार्षिक ७ करोड ८ लाख बिकासे बजेट मात्रै छ । नेपाल सरकारको सिलिङ टच गर्नैपर्छ । सिलिङ टच नगरेपछि समस्या नै हुन्छ । हामिले संस्कृति, पुर्बाधार ,पर्यटन, स्वास्थ्य,भेटनरि, टन्सपोटेसन ,कृर्षि लगायतका सबै कुरा समेट्नै पर्छ । समस्या घेरै छन ।
शिक्षाको समस्यालाई मध्यनजर गर्दै २० भोलिन्टियर शिक्षक नियुक्त गरेका छौँ जसका लागि बार्षिक ६० लाख तलबमा खर्च हुन्छ । ति शिक्षकहरुले प्राबि र माबि तहमा अध्यापन गरीरहेका छन । त्यसैगरी स्वास्थ्य समस्यालाई ध्यानमा राखदै कन्टयाक्टमा हेल्थ क्षेत्र ,भेटनरी, कृर्षि लगायतका अन्य ठाउँमा म्याक्सिमम भोलिन्टेयरमा ब्यक्तीहरु राखेका छौ राखेका छौ , उहाँहरुले काम गरीराख्नु भएको छ । कर्मचारीको लागि मात्तै बार्षिक ६० ÷७० लाख तलब बार्षिक गईरहेको छ । 
हामिले ईमरजेन्सि हेल्थ क्याम्प, आई क्याम्प,  धुक्ती सिबिरहरु सञ्चालन भएका छन । कृर्षिमा क्षेत्रको बिकासका लागि बजेट छुट्याएका छौ । पुर्बाधार बिकासको लागि काम भईरहेको छ । ग्रामिण बिधुतिकरण गर्ने योजना अगाडि बढाएका छौ । कृर्षि र भेटनरीमा  ५५÷ ५५ लाख संस्कृति पर्यटन सहकारीमा १५ लाख बजेत बिनियोजना भएको छ ।

–बजेट कार्यान्वयनमा देखिएका समस्या र चुनौती के छन् ?
नेपालको संविधानले स्थानीय सरकारलाई न्यायिक अंग र कार्यापालिका दिएको छ । स्थानीय जनप्रतिनिधिका जिम्मेवारी र अधिकार समेत बाँडफाँड गरिएका छन् । जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी र अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि प्रयाप्त मात्रामा कर्मचारीको आवश्यकता पर्दछ । तर, हामीले निर्मा्िचत भएदेखि अहिलेसम्म कर्मचारी अभावको सामना गर्दै आएका छौं ।
कर्मचारी अभावका कारण बजेट कार्यान्वयन समस्या देखिनुका साथै विकास निर्माणका कामलाई तिब्र गतिमा अगाडी बढाउन सकेनौं । अहिले पनि गाउँपालिकामा आवश्यक पर्ने कर्मचारी प्रयाप्त छैनन् । स्थानीय, प्रदेश र केन्द्र सरकारका साझा अधिकारले समेत बजेट कार्यान्वयमा केही चुनौती थप्यो । केन्द्र सरकार र प्रदेश सरकारले कानुन निर्माणमा ढिलाई ग¥यो । त्यसले पनि बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा अन्यौलता भयो ।
– भागेश्वर गाउँपालिकामा जनताले स्वास्थ्य समस्या भोग्नु परिरहेको छ, त्यसलाई कसरी समाधान गर्नु हुन्छ ?
हो.... समस्या छ । मेरो चाहाना मेरो गाउँपालिकाका कुनैपनि मानिसले स्वास्थ्य समस्या झेल्नु नपरोस भन्ने छन तर के गर्ने गाउँपालिकाको हैसियत हेल्थपोस्ट स्थापना गर्न सक्ने छैन । अहिले तिन तहका सरकार छन । अधिकार जति केन्द्र र प्रदे्स संग छ  अलि माथि भएका ब्यक्तिहरु जनताको आबश्यकता  भन्दा पनि मपाई गरीरहेका छन । आफुपाई गर्ने अर्थात आफ्नो ब्यक्तिगत ईन्टेसन पुरा गर्ने , आफु निकटका ब्यक्तिहरुलाई सहयोग गर्ने प्रबृति कारण पनि समस्या छ ।   आबश्यकता भन्दा पनि जहाँ मन पर्यो त्यहि बजेट सेवासुबिधा बितरण गर्ने प्रबृतिका कारण पनि समस्या भईरहेको छ ।  जनताले तपाईहरुले काम गनुहुँन्न भनेर भन्छन तर हामि हरुको पहुँचमा धेरै कुरा छैन् । जहिले पनि ससर्तका कार्यक्रमहरु सरकारले काठमाण्डौँ र डडेल्धुराको लागि एउटै गर्ने गरेका कारण आबश्यकता नहुदा पनि सञ्चालन गर्नु पर्ने अबस्था छ ।
– तपाईहरु जनताको घर दलौमा जानुहुन्छ आम सर्बसाधारणको बढि माग र गुनासो कस्तो आउने गरेको छ ?
जनताको धेरै आसा जनप्रतिनिधि संग छ । ब्यबस्था नयाँ छ । सबै अधिकार गाउँमा दिईएको छ भनेर भनिएको पनि छ । तर त्यसो हुन सकेको छैन् । जसरी आज तपाईहरुले गाउँमा सिहदरबार आएको कुरा स्विकार गर्नुहन्न हामिहरुको अबस्था त्यस्तै । धेरै आमाबुवा दाईभाई दिदिबहिनिह्रु आउनुहुन्छ । प्राय जसो के मलाई खानेपानि भएन , कृर्षिको लागि अनुदान पाएन , जागिर लगाई दिनु पर्यो,सडक निर्माण गरीदिनु पर्यो भन्नुहुन्छ । लगायतका यस्तायस्तै  थुप्रै मागहरु आउने गरेका छन । अर्का तिर  एउटा बडा बाटा हजार योजना आए । सबै योजनाहरु एकै चोटि सम्बोधन भएनन् अनि केहि ब्यक्तिहरुमा असन्तुष्टि बढि छ । आफ्ना मागहरु सम्बोधन नहुदा असन्तुष्ट हुनुपनि स्वभाबिक हो । हामि सबैका माग सम्बोधन गर्ने गरेर काम गरीरहेका छौ । 

– धेरै जसो जनप्रतिनिधिले कर्मचारी र सर्बसाधारणको साथ नपाएको गुनासो गरीरहदा तपाईले कतिको साथ पाईरहनु भएको छ ?
काम गर्दै जादा सबैको एउटै धारणा हुदैन । सर्बको एउटै बिचार र भाबना हुदैन्  । मैले यो भन्नुको अर्थ के हो भने  हाम्रो गाउँपालिकाकामा पनि फरक फरक धारणा भएका ब्यक्तिहरु छन । सोचे अनुरुप अझै साथ नपाएका अनुभुति भने महसुस भएकै छ । सामाजिक धारणाको बिकास हुन नसक्नु पनि दुखद कुरा छ । हाम्रो समाजमा रहेका मानिसको धारणा कस्तो रहेको छ भने अर्काले राम्रो गर्यो भने त्यो भन्दा पनि राम्रो काम गरेर अगाडि जानुपर्छ भन्न हुदैन् कि उसले राम्रो गर्यो अब त्यो लडाउनु पर्छ भन्ने मानसिकता पनि कतिपयमा रहेका छ त्यसले पनि समस्या भईरहेको छ । कर्मचारी, सर्बसाधारण सबैले आ आफनो जिम्मेबारी,कर्मब्य र दायित्व बोध गर्ने हो भने सेवा प्रबाहमा सहजता र बिकास दु्रत गतिमा अगाडि बढ्न सक्छ ।
अर्को कुरा धेरै जसो मानिसहरु पारीवारिक पनि हुनुहुन्छ । परिवारको जस्तै गरी ब्यबहार गर्नु हुन्छ । रमाईलो पनि लाग्छ । समाजको सेवा गर्न पाउदा गर्भको महसुस भईरहेको पनि छ । डडेल्धुराको सबै भन्दा पछाडि परेको गाउँपालिकाका सर्बसाधारणको सेवा गर्न पाउँदा झनै खुसि पनि छु ।
– भागेश्वर गाउँपालिकाकको बिकासका लागि अध्यक्ष ज्यु यहाँले कस्तो मिसनभिजन र खाका बनाउनु भएको छ ।यहाँ संग कस्तो प्रकारको योजना रहेको छ ?
हामिले गाउँपालिकाको बिकासका लागि गाउँपालिकाको प्रोफाईल तयार गरेका छौ । बिकासको लागि त्रि बर्षिय, पञ्चबर्षिय , रणनितिक योजना तयार पारेका छौ । कहिले काहि एउटा योजना बनाएर अगाडि बढ्दै गर्दा स्थानिय जनताको माग , समय परिस्थिति र बाताबरण का कारण आफ्नो अबधारणा अनुसार पछाडि ब्याक हुनु पर्ने अबस्था आउदो रहेछ । म यस्तो गर्छु यसरी बिकास गर्छु भनेर अगाडि बढ्दा थुप्रै समस्याका कारण  टार्गेटमा पुग्न नसकिने अबस्था आउने गरेको छ ।
 मेरो चाहाना गुणस्तरीय प्राबिधिक शिक्षालय सहितको शिक्षा, स्वास्थ्यमा सर्बसुलभ पहुँच, सुबिधा सम्पन्न पक्की सडक, कृर्षिमा आधुनिकिरण, जनचेतनाको अभिबृद्धि ,भागेश्वर परसुराम हुदै कञ्चनपुर संग सडकको बिस्तार, नजिकै रहेको भारतिय सहर तामलि संगको नाका सुचारु सहित महाकालिमा मोटरेबल पुल ,रिङ रोड लगायतको रहेको छ । हेरौ कति पुरा हुन्छ । कति हुदै जम्मै अहिले नै हुन्छ भन्ने छैन । तर यि कुरा पुरा हुने हो भागेश्वर गाउँपालिका अझ समृद्धिको दिशा तर्फ अगाडि बढ्छ ।
– गाउँपालिका अध्यक्ष कौसिला भट्ट ज्यू, यहाँ देसकै कान्छि महिला अध्यक्ष हुनुहुन्छ । यहाँले राजनिति गर्दै गर्दा स्थानिय निकायमा निर्बाचित हुनु भन्दा पहिले कस्तो भिजन बोक्नु भएको थियो अहिले कस्तो महसुस गरीराख्नु भएको छ ?
यहाँहरुलाई थाहा भएकै कुरा हो म सानै देखि राजनिति गर्दै आईरहेकी थिए । भागश्वर गाउँपालिकामा निर्बाचित हुनुपुर्ब म पद्यम कन्या क्याम्पस काठमाण्डौँमा अध्ययन गरीरहेकि थिए । म मास्टर डिग्रि पढ्दै थिए । मेरो बिधार्थि राजनिति गर्दै अगाडि बढिरहेको थियो । यहाँ पार्टिले टिकट दियो सबैको सहयोगमा निर्बाचित भए । 
अबश्यपनि गाउँको राजनिति र क्याम्पसको राजनितिमा फरक त हुन्छ नै । क्याम्पसमा एउटै उमेरका बिधार्थि संग डिल गर्न सजिलो हुन्थ्यो तर यहाँ फरक फरक उमेर समुहका आम सर्बसाधारण हुनुहुन्छ । उहाँहरु सबै संग प्रत्येक कुराको डिल गर्नु पर्दा समस्या त हुन्छ नै । गाउँघरमा अझै जनचेतनाको अभाब छ ,हाम्रो आमादिदिहरु, बुढा बाजेबुुवाहरु फरक फरक बातावरणमा हुर्कीएको हुनुहुन्छ । उहाँहरुको धारणा ,सोच पनि फरक हुनु स्वभाबिक हो । हिजोको दिनमा त्यस्तो प्रकारको शिक्षा थिएन । 
हुनु त, एज अर्थात उमेरले पनि पनि फरक पार्छ भनेर भन्छन तर धेरै राम्रो गछौ भनेर आएका थियौ काम अगाडि बढाईरहेका छौ  तर पनि बिभिन्न समस्याका कारण सोचे अनुरुप सक्सेस हुन सकेका छैनौ । तै पनि ९० प्रतिसत केहि हद सम्म सफल भएका छौ । 
मलाई यहाँ सबै भन्दा ठुलो चुनौति के भयो भने म युवा भए अर्को कम उमेरको पनि भए । । राम्रो संग गाउँपालिकाको कार्य सञ्चालन , बिकास निर्माण हुन सकेन् भने भोलि समाजको युवा संगको बिश्वास नगुमोस भनेर म कार्यसञ्चाल गरीरहेकि छु ।
तपाई महिला भएका कारणले कतिको  समस्या भएको छ ? महिलाको बिकासको लागि के कस्ता कार्यक्रम सञ्चालन गर्नु भएको छ ?
त्यस्तो प्रकारका समस्या त मैले महसुस गरेको  छैन । तर हाम्रो समाज पितृसतात्मक समाज हो । त्यसै अनुसार अगाडि बढिरहेको छ । महिलाले जति राम्रो गरेपनि श्रेय नदिने खालको धारणा पनि हाम्रै समाजमा छ । तर समाजको म प्रतिको के दृष्टिकोण छ भन्दा पनि मेरो दृष्टिकोण के छ भन्ने कुरा महत्वपुर्ण हो । सबै भन्दा पहिला म  महिला भन्दा पनि मान्छे हो । मानिसको सोच र धारणा अनुसार बिकास हुन हो । परिबर्तन हुने हो । पुरुष वा महिला भन्दैमा कायापलट हुने भन्ने हुदैन । कोले कसरी काम गरीरहेको छ भन्ने कुरा महत्वपुर्ण हो । 
दार्चुलाको बिकट गाउँमा नेपालको सबै भन्दा ठुलो महान धारणा भएको सबै भन्दा बरिष्ठ नेतालाई लगेर गाउँपालिका अध्यक्ष बनाईदिने हो भने मान्छे भन्दैमा आफै बिकास हुदैन वा पात्रले बिकास गर्दैन ।  बिकास बजेटले हुन्छ बिकास कार्य सञ्चालन प्रबृतिले हुन्छ । रणनितितिक योजनाले हुन्छ । 
अर्को कुरा हामिले समाज तथा महिला दिदिबहिनिहरुको जनचेतनाका लागि छुई बर्ष अभियान सञ्चालन गरेका छौ । डकुमेन्ट्रि बनाएका छौ । महिलाको क्षेत्रमा रहेका बिभिन्न समस्या छाउगोठको कुरा होस वा महिनावारी भएका बेलाका समस्या, रजस्वला भएका समस्याहरुलाई हामी समाजमा जनचेतना मुलक कार्यक्रम गरेका छौ ।छुवाछुतको अन्तयका लागि जनचेतना मुलक कार्यक्रम गरेका छौ । 
समाजको बिकास आन्तरिक तथा बाह्य हुन आबश्यक छ । मानिसको धारणामा परिबर्तन आउन जरुरी छ । मेरो बिचारमा गाउँ समाज राष्ट्र बाहिरी रुपमा सुबिधा सम्पन्न भए पनि भित्रि रुपमा सम्पन्न छैन अर्थात समाजमा रहेका मानिसमा सकारात्मकता ,सिर्जनात्मकता छैन भने त्यो लाई बिकास भनिदैन् । 
अन्त्यमा के भन्नु हुन्छ ।
गाउँपालिकाको बिकास गर्नु तपाईहामि सबैको जिम्मेबारी हो । एक ब्यक्तिको अग्रसरता बाट केहि पनि हुदैन् । बिकास र परिबर्तन सबैको सहयोग बाट सफल हुन्छन् । सकारात्मक धारणाका साथ अगाडि बढौ, समाजको बिकासको उदायित्व सबैले निर्बाह गरौ । ब्यक्तिगत स्वार्थ होईन सामुहिक स्वार्थमा ध्यान दिनुपर्ने आजको आबश्यकता हो । 
भागेश्वर गाउँपालिका सबै ब्यक्तिको साझा पालिका हो । जनताको आबश्यकतालाई के कसरी संबोधन गर्न सकिन्छ । त्यसै अनुसार हामि काम गरीरहेका छौ । सबैको माग र आबश्यकतालाई हामि संबोधन गरीरहेका छौ गर्ने तयारीमा छौ । आबश्यकता बढि छ बजेट न्युन छ । सबैका आबश्यकता पुरा हुन्छन तर केहि समय लाग्छ । आमाबुवा दाजुभाई दिदि बहिनी बुद्धिजिबि, कर्मचारी,शिक्षक अभिभाबक सबैको सहयोग भयो भने हामी पक्कै पनि भागेश्वर गाउँपालिकामा धेरै बिकास गर्न सक्छौ समृद्धको दिशामा अगाडि बढछौ त्यहि भएर सबैको सहयोग आजको आबश्यकता रहेको छ । अनुरोध पनि गर्न चाहान्छु ।
 

प्रतिकृया दिनुहोस

वा ! क्या मनमोहक डडेल्धुराको रुपालमा रहेको सायल झरना । मनै लोभ्याउने मनमोहक दृश्य । (फोटो फिचर)सायल झरनाका मनमोहक तस्विरहरु ।

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका बडा नम्बर १ मा रहेको सायल झरना पर्यटकिय रुपमा निकै मनमोहक रहेको छ । रुपालको सायलमा रहेको सायल झरना 

चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन ।।

काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर आज बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार

सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे