सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे ।

बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ ।

फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए ।

अर्कोसाता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाल फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’मा देखिने बताएका हुन ।

‘क्वाथा’बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यू गर्न लागेकी हुनाले यो फिल्म तीब्र प्रतीक्षित छ ।

आयुष शर्माको मुख्य भूमिका रहेने यो फिल्मको निर्देशन करर भुटानीले गर्दैछन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’मा थापा त्यहाँको मुखियाको भूमिकामा रहने छन् ।

प्रतिकृया दिनुहोस

वा ! क्या मनमोहक डडेल्धुराको रुपालमा रहेको सायल झरना । मनै लोभ्याउने मनमोहक दृश्य । (फोटो फिचर)सायल झरनाका मनमोहक तस्विरहरु ।

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका बडा नम्बर १ मा रहेको सायल झरना पर्यटकिय रुपमा निकै मनमोहक रहेको छ । रुपालको सायलमा रहेको सायल झरना 

चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन ।।

काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर आज बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार

कुराकानि :– डडेल्धुराको भागेश्वर गाउँपालिकाको बिकास निर्माणका लागि चुनौति समस्या छन, मानिसहरु पारिवारीक हुनुहुन्छ रमाईलो पनि लाग्छ, समाजको सेवा गर्न पाउदा खुसि छु : अध्यक्ष भट्ट ।।

भागेश्वर गाउँपालिका सुदुरपश्चिम प्रदेसको डडेल्धुरा जिल्लाको पश्चिममा रहेको बिकट गाउँपालिका हो । विकास दृष्ट्रिकोणले पछाडी परेको भागेश्वर