कांग्रेस भिमदत्तनगरको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न

नेपाली कांग्रेस भिमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । शनिबार आज कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा १४ औं महाधिबेशन पश्चातनेपाली कांग्रेस भिमदत्तनगर कार्यसमितिले आयोजना गरेको प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा बोल्ने अधिकान्स बक्ताहरुले कांग्रेस ढिक्का हुनु जरुरी रहेको बताएका छन । कांग्रेसका नेता कार्यकर्ताका बिचमा रहेका समस्याहलाई आपसि छलफल बाट समाधान गरी आन्तरिक रुपमा रहेको बैमनश्यता र मतभेदलाई त्यादै एकजुट हुनुपर्नेमा उनिहरुले जोड दिएका छन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति पदम बोकटीले राजनिति बिकासका लागि भएकाले नगर तथा जिल्लाको बिकास हुनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गर्नु भएको छ । निर्बाचनमा आफुहरुले गरेका बाचा पुरा गर्नेमा आश्वस्त हुन सबैलाई उहाँले आग्रह गर्नु भएको छ । सानासाना कुराहरुलाई लिएर नगरको बिकास नै भएको छैन भन्ने कुरा भन्न नमिल्ने उहाँको भनाई छ । भिमदत्तमा देखिएका सडक, बिधुत लगायतका साना ठुला समस्याहरुको समाधानको लागि पहल भईरहेको उहाँले उल्लेख गर्नु भएको छ । सामाजिक सञ्जालमा जथाभाबि नलेख्न समेत उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । यदि केहि समस्या, गुनासा भए सम्बाद र छलफलबाटै समाधान गर्नुपर्ने सभापति बोकटीले बताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशिले कागे्रंसले ठुलाठुला तानाशाहलाई ढालेर शासनसताको बागडोर समालेको पार्टि भएको बताउनु भयो । बिश्वबाट कम्यूनिष्ट बिलय हुन लागेको उहाँले बताउनु भएको छ । बाहिरी सिको देखेर केहि मान्छेहरुले संकिर्ण सोच बनाएको भएपनि कांग्रेस कांग्रेस नै भएको उहाँले उल्लेख गर्नु भएको छ । कांग्रेसका नेता कार्यकर्ताले सम्मेलनमा बोलेका बिषयहरु कांग्रेसलाई सुधार्नको लागि आएकोले त्यसलाई कार्यान्वय गर्न समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सहमहामन्त्रि, प्रदेश सदस्य तथा जिल्ला,क्षेत्र नगर , बडा पदाधिकारी र नेता कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्ताका बिचमा रहेका समस्याहरुलाई आपसि छलफल बाट समाधान गरी आन्तरिक रुपमा रहेको बैमनश्यता र मतभेदलाई त्यादै एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस संसदियदलका प्रमुख सचेतक रमेश लेखक रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व नगर सभापति अच्यूत कलौनिले गर्नु भएको थियो । यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशि, अतिथिहरु प्रदेश सहमहामन्त्रि गोपाल भट्ट, चिन्तामणि जोशि, प्रदेश सांसद बेल बहादुर राना, मधु भारति, जिल्ला सभापति पदम बोकटी,सचिब भिम भट्ट, क्षेत्रिय सभापति केशब चन्द लगायत प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा बडा कमिटि पदाधिकारी, कृयाशिल सदस्य, भातृ, सुभेच्छुक तथा सुभचिन्तक संघसंगठन, पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि

नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने 

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि

कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु