सरकारले परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताउनुभएको हो । 
संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताउदै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको बताउनुभयो । 
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले दाबी गर्नुभयो ।
परराष्ट्रमन्त्री साउदले एमाले संग मिलेर नयाँ गठबन्धन बनाउने कुनै सम्भावना नरहेको बताउनु भएको छ । उहाँले कांग्रेसले वर्तमान सत्ता गठबन्धन छाडेर एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको हल्ला निराधार भएको बताउनु भएको छ । 
परराष्ट्रमन्त्री साउदले भारतले नेपालको भूभाग डुबान हुने गरी निर्माण गरिरहेको संरचनाका बारे जानकारी रहेको बताउनु भएको छ । उहाँले भारतले महाकाली नदिमा निर्माण गरिरहेको संरचनाका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएको बताउनु भयो ।
उहाँले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दुःखका बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएको बताउनु भएको छ । कञ्चनपुरका सिमाक्षेत्रमा रहेका समस्याहरुको छिट्टै समाधान हुने कुरामा आफु बिश्वस्त रहेको समेत उहाँले उल्लेख गर्नु भएको छ ।  उहाँले डडेल्धुराको परशुरामको शिर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि

नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने 

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि

कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु