नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश 

 

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह ’बी’ को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कतारलाई हराउँदै नेपाल समूह ’ए’ को विजेता बनेको थियो ।यस्तै अर्को सेमिफाइनलमा समूह ’बी’ को विजेता यूएईले समूह ’ए’ को उपविजेता ओमानसँग खेल्ने भएको छ । दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचको खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । 
यस्तै, नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन्दीप लामिछानेको अलराउण्ड प्रर्दशनको मद्दतले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, खेलमा नेपाली बलरहरु हावी भएपछि कतारले २५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो ।नेपाली बलर सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सन्दीपले ९ ओभरमा ३ मेडन राख्न सफल भए । सोमपाल कामीले ३ विकेट झारे । ललित राजवंशीले दुई विकेट आफ्नो नाममा लेख्न सफल भए ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए ।कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्धतमा ४२ रनमा नटआउट रहे ।सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो । कतारका लागि अमिर फारुकले ४ विकेट लिए ।

प्रतिकृया दिनुहोस

प्याट कुमिन्स बने आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको अक्सनमा प्याट कुमिन्स सर्वाधिक महँगो खेलाडी बने । आईपीएलकै इतिहासमा सर्वाधिक महँगा विदेशी

टी–२० सिरिज भारतलाई, अन्तिम खेलमा वेस्ट इण्डिज ६७ रनले पराजित

काठमाण्डौ– वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ । जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर

सुदु्रपश्चिमकी छोरी गौरिकाले जितिन् चौंथो कीर्तिमानी स्वर्ण

नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण