प्याट कुमिन्स बने आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको अक्सनमा प्याट कुमिन्स सर्वाधिक महँगो खेलाडी बने । आईपीएलकै इतिहासमा सर्वाधिक महँगा विदेशी खेलाडी बनेका कुमिन्सलाई कोलकाताले १५ करोड ५० लाख भारुमा भित्र्यायो । 

आईपीएलको इतिहासमा सर्वाधिक महँगो विदेशी खेलाडी बनेका प्याटलाई खरिद गर्न दिल्ली, बेंग्लोर र कोलकाताबीच निकै प्रतिस्पर्धा भएको थियो ।

यस्तै अर्का अस्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेल १० करोड ७५ लाखमा किंग्स एलाभेन पञ्जाबले खरिद गर्‍याे । उनीमाथि दिल्लीले अन्तिमसम्म बोल लगाए पनि पञ्जाबले बाजी मार्‍याे । 

सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले इंग्ल्याण्डका जेसन रोयलाई अनुबन्ध गरेको छ । उनलाई दिल्लीले एक करोड पाँच लाख भारुमा अनुबन्ध गरेको हो ।

यस्तै अक्सनमा कोलकाताले रिलिज गरेका खेलाडी क्रिस लिनलाई मुम्बईले बेस प्राइज २ करोड भारुमा अनुबन्ध गर्‍याे । त्यस्तै इंग्ल्याण्डका लागि एकदिवसीय विश्वकप विजेता कप्तान इयोन मोर्गनलाई कोलकाता नाइटराइडर्सले ५ करोड २५ लाख भारुमा खरिद गर्‍याे ।

यस्तै रविन उथप्पालाई राजस्थान रोयल्सले ३ करोड भारुमा भित्र्यायो भने एरोन फिन्च ४ करोड ४ लाख भारुमा कोलकातामा अनुबन्ध भए ।

सुरुवाती चरणमा भारतका हनुमान विहारी र चेतेश्वर पुजारा ‘अनसोल्ड’ भए । यसका साथै युसुफ पठानमाथि पनि कसैले बोली लगाएनन् । क्रिस वक्सलाई दिल्लीले एक करोड ५० लाख भारुमा भित्र्यायो । 

यस्तै अस्ट्रेलियाका बलर साम कुरनलाई चेन्नई सुपर किंग्सले ५ करोड ५० लाख भारुमा किन्यो । यस्तै बेंग्लोरले क्रिस मोरिसलाई १० करोड भारुमा भित्र्यायो ।

अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरिलाई दिल्लीले २ करोड ४० लाख भारुमा अनुबन्ध गर्‍याे । यस्तै तीव्र गतिका बलर जयदेव उनादकटलाई तीन करोड भारुमा राजस्थानले रोयल्सले टिममा लियो ।

यस्तै नाथन कल्टर नाइललाई आठ करोड भारुमा मुम्बईले भित्र्यायो । वेस्ट इण्डिजका बलर शेल्डन कोटरेललाई आठ करोड ५० लाखमा पञ्जाबले लियो । यस्तै पिउस चावलालाई ६ करोड ७५ लाख भारुमा चेन्नई सुपर किंग्सले लियो ।

विराट सिंहलाई सनराइजर्स हैदराबादले एक करोड ९० लाख भारुमा खरिद गर्यो भने वरुण चक्रवर्तीलाई दुई करोड ४० लाख भारुमा राजस्थान रोयल्सले भित्र्यायो ।

यस्तै १७ वर्षीय यशस्वी जैसवाललाई दुई करोड ४० लाख भारुमा राजस्थान रोयल्सले लियो । रवी बैस्नोईलाई २ करोडमा पञ्जाबले टिममा अनुबन्ध गर्‍याे । 

वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान शिमरोन हेटमायरलाई सात करोड ७५ लाख भारुमा दिल्लीले भित्र्याउन सफल भयो । तर अर्का खेलाडी इभिन लुइस ‘अनसोल्ड’ रहँदा डेविड मिलरलाई राजस्थानले ७५ लाख भारुमा टिममा लियो ।

मिचेल मार्सलाई हैदराबदले २ करोडमा लियो भने मार्कस स्टोनिस ‘अनसोल्ड’ रहे । यस्तै एण्डिल फेहलुकवेओ र कोलिन मुनरो पनि ‘अनसोल्ड’ रहे ।

अस्ट्रेलियन बलर जोश हेजलउडलाई दुई करोडमा चेन्नईले लियो भने मुस्ताफिजुर रहमान र अल्जारी जोसेफमा कसैले बोली लगाएनन् ।

प्रतिकृया दिनुहोस

नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश 

  एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह

टी–२० सिरिज भारतलाई, अन्तिम खेलमा वेस्ट इण्डिज ६७ रनले पराजित

काठमाण्डौ– वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ । जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर

सुदु्रपश्चिमकी छोरी गौरिकाले जितिन् चौंथो कीर्तिमानी स्वर्ण

नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण