सत्तारुढ नेकपाको बिहीबार (भोलि)देखि बस्ने भनिएको बैठक अनिश्चित ।।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार (भोलि)देखि बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । एजेन्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा नेताहरुबीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।
स्थायी कमिटी बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेकाले सहमति गरेर ठोस एजेन्डामा नपुगुन्जेलसम्म बैठक अनिश्चित भएको हो ।
प्रवक्ता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा पूरा समय उपस्थित नभएकोले बुधबारको बैठकमा विस्तृत छलफल हुन नसकेको पनि बताउनु भएको छ ।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते बिहीबार बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेअनुसार बैठकका लागि बुधबार सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।
एजेन्डाका विषयमा बैठकमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठककक्ष छोडेर बाहिरिएका थिए ।करिब एक घन्टापछि बैठकमा प्रधानमन्त्री ओली फर्किएलगत्तै बुधबारको बैठक सकिएको थियो ।
 

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि

नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने 

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि

कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु