कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो कञ्चनपुर सम्मेलन २०८० सम्पन्न 

चौथो सम्मेलन शुक्लाफाँटामा हुने 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो कञ्चनपुर सम्मेलन २०८० सम्पन्न भएको छ । शुक्रबार दोधारा चाँदनी नगरपालिकाको आयोजना नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएस डब्लूए) र डीसीए को प्राविधिक तथा व्यवस्थापकीय साझेदारीमा कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । कञ्चनपुर सम्मेलन  १० बुदे दोधराचाँदनि धोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएस डब्लूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जानकारी दिनु भएको छ । 
सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चले विपद् व्यवस्थापन सम्बन्धि कञ्चनपुरका नौ वटै पालिकालाई उत्तरदायी बनाउने कुरामा सम्मेलनले महत्त्वपूणर् भूमिका निर्वाह गर्ने निर्देशक जैरूले बिश्वास ब्यक्त गर्नु भएको छ । 
घोषणापत्रमा दिगो बिकास ,जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरण लगायतका बिभिद्ध बिषय समेटिएका छन । 
कञ्चनपुरका ९ बटै पालिकाहरुले भईपरि आउने बिपद जन्य जोखिम न्युनिकरणको लागि  को सहकार्य र समुन्वय गर्ने, संयुक्त रुपमा बिपद कोष स्थापना गर्ने, दिगो बिकासमा सबैले जोड दिने ,पुर्ब सुचना प्रणालिको उपयोग गर्ने ,जंगलि जनावरबाट हुने क्षतिको न्युनिकरणमा ध्यान दिने , बिपद संग सम्बन्धित कुरा स्थानिय पाठ्यक्रममा समेट्ने , स्थानियहरुको क्षमता अभिबृद्धि गर्ने, स्थानिय बिकास योजना निर्माण तथा कार्यान्वयनमा लैगिंक तथा समाबेसिकरणमा जोड दिने , जिल्लामा बिपद जन्य जोखिमका क्षेत्रहरुको पहिचान गरी बिपद न्युनिकरणमा काम गर्ने र दिगो बिकास ,विपद न्युनिकरणको लागि अन्य निकायहरु संग सहकार्य गर्ने लगायतका बिषय बस्तु समेटिएका छन । 
कार्यक्रममा बोल्दै सुुदूपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दोधारा चाँदनीले सुदूरपश्चिमलाई समृद्ध बनाउने बताउनु भएको छ । उहाँले दोधारा चाँदनी सुदूरपश्चिमको मुख्य नाका भएर सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा अघि बढेको बताउनु भएको छ । दोधारा चाँदनीको विकासका लागि प्रदेश सरकार सधैं प्रतिवद्ध भएको मन्त्री देउवाको भनाई छ । दोधारा चाँदनी सहित कञ्चनपुुर र तराई क्षेत्रमा बाढी र डुबानको समस्या भएको उल्लेख गर्दै उहाँले संघ सरकारले बर्सेनी विनियोजन गर्दै आएको बजेटले नियन्त्रण हुन नसकेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कञ्चनपुर सम्मेलन २०८० ले कञ्चनपुरको सुरक्षित र दिगो विकास, बिपद जोखिम न्युनिकरणको लागि अहम भुमिका निर्बाह गरेको बताएका छन । कञ्चनपुरमा जंगलि जनाबर, बाढि र डुवानकोे जोखिम रहेकोले सबैको सहयोग र सहकार्य आबश्यक रहेको उनिहरुले बताएका छन । आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कञ्चनपुरका सबै पालिका प्रमुख प्रतिबद्ध रहेको उनीहरुले बताएका छन् । 
दिगो शहरी विकास, जलवायु परिवर्तन , विपद् जोखिम न्यूनीकरण, जंगली हात्ती आतंकले पुर्‍याइरहेको भौतिक तथा आर्थिक क्षति न्यूनीकरणका उपाय बारे सम्मेलनमा छलफल गरिएको छ । 
सम्मेलनको पहिलो सत्रमा सबै पालिकाहरुमा ठूलो समस्याको रुपमा रहेको जंगली हात्तीले पुर्‍याईरहेको मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका उपायको बारेमा छलफल गरीएको थियो। छलफलको सहजीकरण मानव-हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा. दिनेश न्यौपानेले गर्नु भएको हो । यस्तै गरी दोस्रो सत्रमा जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि सबैको लागि पूर्व सूचना विषयमा भएको छलफलको सहजीकरण आईएचएचआरका डा. सञ्जय देवकोटा, डीसीएका दिनेश गुरुङ लगायतले गर्नु भएको थियो ।
सुदुरपश्चिमका भौतिक पुर्बाधार बिकास मन्त्रि प्रकाश देउवाको प्रमुख आथित्यता र दोधराचाँदनि नगरपालिकाका नगरप्रमुख किसोर कुमार लिम्बुको सभापतित्वमा सम्पन्न भएको कञ्चनपुर सम्मेलनमा प्रदेश सभा सदस्य र कञ्चनपुरका ९ बटै पालिकाका प्रमुख तथा प्रतिनिधि , साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारबालाहरुको सहभागिता रहेको थियो ।  
नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको सहकार्य र सहयोगमा  पहिलो पटक ०७८ सालमा भीमदत्त नगरपालिकाबाट सुरु गरिएको कार्यक्रम दोस्रो पटक पुनर्वासमा गरिएको थियो । भने - तेस्रोपटक दोधारा चाँदनी नगरपालिकाले सञ्चालन गरेको हो । 
शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले चौथो सम्मेलन शुक्लाफाँटाका नगरपालिकामा गर्ने घोषणा गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

सेभ द चिल्ड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी