स्वास्थ्य कार्यालय कञ्चनपुरको ३ दिने स्वास्थ्य सिबिर सम्पन्न 

थारु समुदायका १ हजार ५ सय ५० को स्वास्थ्य परिक्षण  

कञ्चनपुरको भिमदत्तनगरपालिकाको बडा नम्बर २ मा सिकलसेल, एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदानका लागि निःसुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र भिमदत्त नगरपालिकाको समन्वयमा आज मंगलबार उक्त शिविर सम्पन्न भएको हो । 
 सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले भिमदत्तनगरपालिका-२ को बडा कार्यालयमा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा थारु समुदायका ४ सय ४२ जनाको रगत परीक्षण गरिएको छ । 
शिविरमा रगत परीक्षण गरिएकामध्ये ७० जनामा बाहक (ट्रेट) देखा परेको स्वास्थ्य कार्यालयका सिकलसेल, एनिमिया तथा थालेसिमिया रोग सम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिनु भएको छ । जसमा ३९ जना महिला र ३१ जना पुरुषमा बाहक फेला परेको उहाँले बताउनु भयो । 
“बाहक देखापरेका व्यक्तिहरुको रगतको अन्तिम चेकजाँच गरी सिकलसेल एनिमिया भए/नभएको पुष्टि हुने छ”, उहाँले भन्नुभयोे, “जाँच प्रतिवेदन आउन एक साता लाग्छ ।” बाहक देखिएकै भरमा बिरामी भन्न नमिल्ने उहाँको भनाइ छ । 
भट्टका अनुसार सिकलसेल एनिमिया वंशानुगत रोग भएकाले बुबाआमाबाट यो बालबालिकामा सर्ने गरेको छ । यो रोग भएका बिरामीका रक्तकोष गोलो आकारको नभएर हँसिया आकारको हुने हुँदा रगत सजिलोसँग बग्न नसक्दा अक्सिजनको मात्रा कमी हुने र बिरामीले असह्य पीडा खेप्नुपर्ने हुन्छ । सामान्यतया रक्त कोषको आयु एक सय २० दिन जति हुने भए पनि सिकलसेल भएका बिरामीमा रक्तकोष १० दिन मात्रै जीवित हुने गरेको भट्टको भनाइ छ ।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन् । रोगको जटिलताबाट बच्नका लागि सङ्क्रमणविरुद्ध खोप लगाउने, रक्तअल्पताको उपचार गर्ने, आँखा नियमित रुपमा चेकजाँच गराउने, पानी धेरै मात्रामा पिउने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधिको सेवन गर्नुपर्ने उहाँले बताउनु भएको छ। वंशानुगत यो रोग विशेषगरी थारू समुदायमा बढी मात्रामा देखापर्ने गरेको छ । 
स्वास्थ्य कार्यालय कञ्चनपुरको ३ दिने निःसुल्क स्वास्थ्य शिविर अन्तर्गत पहिलो दिन आईतबार सुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १ बंन्साहमा ५ सय ४८ जना, दोस्रो दिन सोमबार बेदकोट नगरपालिका बडा नम्बर ३ दैजि स्वास्थ्य चौकिमा ५ सय ६० जना र तेस्रो दिन मंगलबार भिमदत्तनगरपालिका-२ को बडा कार्यालयमा ४ सय ४२ जना को स्वास्थ्य परिक्षण गरीएको थियो । 
तिन दिने स्वास्थ्य शिविरमा १ हजार ५ सय ५० जनाको रगत परिक्षण गरीएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति भट्टले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

अछाममा विश्व कुष्ठरोग दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया

अछाममा सचेतनामूलक अन्तर्क्रिया गरि ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ मनाइएको छ। स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका, एनएलआर नेपाल र नेपाल

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी

कञ्चनपुरको बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कञ्चनपुरको बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । आज सोमबार एक कार्यक्रमका बिच बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा