कञ्चनपुरको बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कञ्चनपुरको बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । आज सोमबार एक कार्यक्रमका बिच बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरीएको हो । 
बेदकोट नगरपालिमा आयोजित कार्यक्रममा जिल्ला समुन्वय प्रमुख  दुर्गा बोहराले  बेदकोट नगरापलिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नु भएको छ । 
बेदकोट नगरपालिका पूणर् खोप सुनिश्चितता भएको पालिका घोषणा हुनु गौरवको विषय भएको उहाँले उल्लेख गर्नुभएको छ ।  
कार्यक्रममा बेदकोटनगरका नगरप्रमुख भोज राज बोहराले सबैको साथ र सहयोगले नै बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गर्न सफल भएको बताउनु भएको छ ।
बेदकोट नगरपालिका पूर्ण खोप युक्त पालिका घोषणा भएको प्रमाण पत्र जिल्ला समुन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले बेदकोट नगरपालिकाका नगरप्रमुख भोज राज बोहरा र उपप्रमुख तुलसि जोशिलाई प्रदान गर्नु भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिषा पालले नगरपालिका क्षेत्रमा रहेका १५ मुनिका सबै बालबालिकालाई खोप लगाइसके पछि पूर्ण खोप युक्त पालिकाका घोषणा गरीएको जानकारी दिनु भएको छ । 
बच्चा जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको छ ।
पूणर् खोप सुनिश्चिता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान रहेको छ ।
सरकारले सबै लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार पुणखोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पुण खोपको अवधारणा शुरु गरेको हो । 
नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । 
यसैगरी नेपालको संविधान २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवाहरुको संचालन तथा ब्यवस्थापन स्थानीय सरकारको अधिकारक्षेत्र भित्र ब्यवस्था भएको सो अनुसार स्थानीय सरकार संचालन ऐन,२०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार र वडा समितिको काम कर्तव्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको खोप सेवा संचालनको ब्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

अछाममा विश्व कुष्ठरोग दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया

अछाममा सचेतनामूलक अन्तर्क्रिया गरि ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ मनाइएको छ। स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका, एनएलआर नेपाल र नेपाल

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी

स्वास्थ्य कार्यालय कञ्चनपुरको ३ दिने स्वास्थ्य सिबिर सम्पन्न 

कञ्चनपुरको भिमदत्तनगरपालिकाको बडा नम्बर २ मा सिकलसेल, एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदानका लागि निःसुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ