कञ्चनपुरको भिमदत्तमा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिम सुरु
कञ्चनपुरको भिमदत्त न.पा १४ मा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिम सुरु भएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरद्धारा सञ्चालित सुदृढ परियोजनाकोे आयोजना र डिसिएको आर्थिक सहयोगमा नयाँ बस्ती कटानमा रहेको राना थारु सामुदायिक होम स्टेमा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिमको सुरु भएको हो ।
तालिममा कञ्चनपुरका भिमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका १८ सानाउद्यमी र ब्यवसायीहरुका ३४ जनाको सहभागी रहेको छ ।
तालिम उद्यमउद्यमी र उद्यमशिलता, उद्यमहरुका किसिमहरुको बिषयमा जानकारी, सफल ब्यवसायीका आवश्यक पक्ष सम्बन्धी जानकारी, मुल्यश्रखला र बजार ब्यवस्थापन, बजारीकरणको आबश्यकता, बजारको माग, उत्पादित बस्तुको मुल्य अभिवृद्धी लगायतका बिषयमा केन्द्रित भएको सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले बताउनु भएको छ ।
साना व्यवसायीहरु जस्तैः एग्रोभेट ,कस्मेटिक तथा ब्यटिपार्लर , साईकल, अटोरिक्सा एवं माटरसाईकल मर्मत, मोबाईल तथा टिभि मर्मत, हाउस वाईरिङ, कपाल काट्ने, आरन सेवा, सिलाई बुनाई, रेष्टुरेन्ट तथा खाजा घर, होमस्टे र स्थानिय संस्कृतिका उपहार सामग्रि बिक्रिबिरण गर्ने कोशेली घर लगायतका ब्यबसाय प्रबद्धनका बिषयमा समेत तालिम महत्वपुणर् हुने उहाँको भनाई छ ।
स्थानिय रुपमा उद्यमसिलतामा रहेका उद्यमिहरुको सेवा थप प्रभाबकारी बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरीएको उहाँले बताउनु भएको छ । हाल साना ब्यबसायिहरुका बिधमान चुनौतिहरु बजार प्रतिस्पर्धा, बजारको माग, वातावरणिय प्रभाब, कमजोर ब्यब्स्थापन, राजनैतिक र आर्थिक प्रभाब र साधन श्रोतको कमि लगायतका बिषयलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा तालिम जानकारी दिईने भएकाले उद्यमिहरु गर्ने उद्यमसिलतामा थप टेवा पुग्ने उहाँले बिश्वास ब्यक्त भयो ।
मुल्य श्रृखला तथा बजारीकरण सम्वन्धि तालिम २ दिन सम्म सञ्चालन हुने उहाँले जानकारी दिनु भएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघले सुदृढ परियोजनाको सहयोगमा कञ्चनपुरका भिमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटिय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ ।
परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण र जीविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गरीरहेको सुदृढ परियोजनाका संयोजक सुनारले बताउनु भएको छ ।



कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड ॥
महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ।
महेन्द्रनगरमा ‘एनसेल सेन्टर (फोफो)’ पुनः सञ्चालनमा, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा प्रदान गरिदै ।
महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, मदनचोकमा एनसेल आजियाटा लिमिटेडको ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ


..jpeg)
प्रतिकृया दिनुहोस