खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै आर्थिक बर्ष २०८०/८१ को लागि प्रतिकुण्डल ३ हजार १ सय अन्ठानब्बे रुपैयामा कृषकहरुको धान गरीद गर्ने बताएको हो । 
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले तोकिएको मुल्य र परिणाम अनुसार कात्र्तिक १५ गते देखि धान खरिद गर्ने गरी सुचना जारी गरेको निमिक्त साखा प्रमुख तपेन्द्र प्रसाद उपाध्यायले बताउनु भएको छ । 
बिहान १० बजे देखि दिउसो २ सम्म नागरिकता , जग्गाधनि प्रमाणपत्र र सम्बन्धित बडाको सिफारिस वा धान आफैले उत्पादन गरेको प्रमाणित हुने कागजपत्रको फोटोकपि सहित कृषकहरुले अधिकतम ३० कुण्डल सम्म धान बिक्रिका लागि साखा कार्यालय महेन्द्रनगरमा ल्याउन सक्ने समेत उहाँले जानकारी दिनु भएको छ । 
बिक्रिका लागि ल्याएको धान सफा, फ्रेस, घुनकिराको संक्रमण नभएको, नभिजेको , नकुहिएको, नउम्रिएको र कम्पनिले तोकेको मापदण्ड भित्रको हुनु पर्ने  निमिक्त प्रमुख उपाध्यायले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड ॥

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ।

महेन्द्रनगरमा ‘एनसेल सेन्टर (फोफो)’ पुनः सञ्चालनमा, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा प्रदान गरिदै ।

महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, मदनचोकमा एनसेल आजियाटा लिमिटेडको ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

↑