हुलाकी राजमार्गलाई पुणर्ता र बैलौरिमा भन्सार कार्यालय सञ्चालनको लागि पहल गर्नेछु ः कांग्रेस नेता लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको सिमा समस्या कुटनितिक तबर बाट समाधान गरीने बताउनु भएको छ । 
आज कञ्चनपुरको बेलौरीमा भएको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई संबोधन गर्दै उहाँले कञ्चनपुरको ब्रह्मदेब देखि बेलौरी पुनर्बास सम्म रहेको सिमा समस्याहरुको नेपाल सरकार र भारत सरकार संगको कुटनितिक तबरबाट समाधान गरीने बताउनु भएको हो । 
कञ्चनपुरको बेलौरीमा भन्सार कार्यालय स्थापना तथा सुचारु गर्न पहल गर्ने उहाँले बताउनु भएको छ । भन्सार कार्यालय स्थापना सबैको साझा एजेण्डा रहेकोले त्यसको लागि सबैको सहयोग रहनेमा आफु बिश्वस्त रहेको समेत उहाँले बताउनु भएको छ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य समेत रहनु भएका लेखकले कञ्चनपुरको हुलाकि राजमार्ग निर्माण समयमा सम्पन्न हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ ।
आफु मन्त्रि हुने बेलामा हुलाकि राजमार्गको सिलन्यास गरेको स्मरण गर्दै उहाँले अनेकन बाहानामा काम नभएकोमाआफुलाई निकै चिन्ता रहेको उल्लेख गनुभएको छ । ठेकेदारले पैसा नभएको बाहाना देखाएर काम नगरेको कुरा गलत भएको उहाँले बताउनु भएको छ । 
झापा देखि कञ्चनपुर सम्म हुलाकि राजमार्ग निर्माणका लागि १४ अर्ब रुपैया बिनियोजन गरीएको उहाँले बताउनु भएको छ। ८ अर्ब भारत सरकारको लगानिमा र ६ अर्ब नेपाल सरकारको लगानिमा निर्माण गर्ने गरी सुचारु गरीएको सडकलाई पैसा नभएको भन्दै काम अगाडि बढ्न नसकेको कुरा कसैले गरेको भए त्यो भ्रमछर्ने मात्रै गरेको उहाँले जानकारी दिनु भयो । 
काठमाण्डौँ गएर हुलाकी राजमार्ग र बैलौरिमा भन्सार कार्यालय स्थापना सञ्चालनको कार्य अगाडि बढाउने र पुणर्ता दिने काममा पहल गर्ने उहाँको भनाई छ ।
कञ्चनपुरका उखु कृषकहरुले सरकारबाट उखुमा पाउने सहुलियत प्राबिधिक र प्रक्रियागत क्रुटिका कारण रोकेको थाहापाएपछि कृषकलाई दिने सहुलियत दिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै त्यसको लागि पहल सुरु गरेको उहाँले उल्लेख गर्नुभयो ।
लागु औषध दुब्यसनिको समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उहाँले त्यसको नियन्त्रणको लागि अभिभाबकले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । 
सिमानाकामा भारत बाट लागुऔषध आयात भईरहेकोले त्यसको नियन्त्रणको लागि सबै सचेत हुन जरुरीरहेको उहाँले बताउनु भएको छ । युवाहरुलाई लागु औषध दुब्र्यसनि नियन्त्रणको लागि अभियान चलाउन आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड ॥

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ।

महेन्द्रनगरमा ‘एनसेल सेन्टर (फोफो)’ पुनः सञ्चालनमा, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा प्रदान गरिदै ।

महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, मदनचोकमा एनसेल आजियाटा लिमिटेडको ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

↑