अद्यापि

कविता : शब्दहरु विस्फोटित छन्
लालीगुराँस रोएको साँझ
न समुद्रका मनहरु हराएका छन्
न मनका समुद्रहरु हराएका छन् !

सडकमा वन्य जीवन : खरायोहरुको शान्तियात्रा चलेको छ
नरभक्षीहरुको देशमा
देश– के एक सिकार कथै हो ?

जंगबहादुरहरु बाघ धेरै मार्छन् कि
मान्छे धेरै मार्छन् ?
सर्वत्र हेर, मान्छेभित्र जनावरहरु देखिन्छन्
खोई कहाँ छन् जनावरभित्रका मान्छेहरु ?

देवासुर संग्राम अन्त कतै हुन्न, मान्छेको
मनमा हुन्छ
यसर्थ सोचौं, हामीमध्ये को–को
भविष्यका युद्ध अपराधी होइनौं ?

थोत्रा ईश्वरहरुले केही गरेनन्, आऊ
नयाँ ईश्वरहरु सृष्टि गरौं
आजभोलि वेदव्यासहरु अर्को कुनै
महाभारत रच्न चाहन्नन् !

सिस्नु : एक राष्ट्र चिन्तन
पुतलीहरुको आत्मकथा जन्माउँछन्
ढलका आकाशहरुलाई थाहा छ
ढुंगाहरु विचार बोक्दैनन् !

हिमालमा यतीहरु छैनन्, धुमकेतुहरु पाइन्छन्
यसर्थ भीषण आक्रमणले थाकेका बालबालिकाहरु
टिभीमा सुपर मुकाबला क्रिकेट हेर्दै छन् !

प्रेमीहरु डाइनासोरझैं लोप भए ?
त्यसो भए कंकालहरुको होइन
मनहरुको उत्खनन गर !

अद्यापि फ्लाइङ ग्लाइडरमा
सपनाहरु उडिरहनेछन् !

 

प्रतिकृया दिनुहोस

यस कारण यी ३ समयमा कहिल्यै पनि नसुत्नुस ! जानकारीको लागि शेयर गरि जान्नुहोस !

मानिसलाई समान्यतया सुत्नु जरुरी छ सुत्नु भनेको नै आराम गर्नु हो । अधिकांश मानिसहरु दिन ५÷६ घण्टा सुत्छन् । तर यसको सुताईको समय भने मानिससले ध्यान

सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे

युवा पुस्तामा करुणा, मानवता, सहभाव जगाउने किताब आउन जरुरी छ

अमर न्यौपाने नेपाली साहित्यमा उम्दा नाम हो । ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौं कस्तूरी’ पुस्तकमार्फत् पाठकको मन जितेका अमर मदन पुरस्कार